आज गुरुङ समुदायको पर्व ट्होटें
Posted on: Aug 13, 2019

पोखरा, श्रावण २८ ।  आज गुरुङ समुदायको महान पर्व ‘ट्होंटे’पर्व विविध  कार्यक्रम गरी मनाउँदै छ । पोखराका गुरुङहरुले  पनि साँस्कृतिक पर्व ‘ट्होटें’ को अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी गरी मनाउँदै छन् । हरेक वर्ष साउन र चैत्र महिनाको अन्तिम मंगलबार गुरुङ्ग र तामाङ्गहरुले यो पर्व मनाउने गर्दछन् । गुरुङ्ग भाषमा ‘ट्हो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउने भन्ने हुन्छ । राज्यबाट शत्रूलाई भगाउनु तथा धपाउनु नै वास्तवमा ट्होटे हो ।  पर्वका अवसरमा तमु धिं नेपालको पहलमा टुंडिखेलबाट बाजागाजा र झाँकीसहितको ¥याली प्रदर्शन गरिएको थियो । ¥याली पोखराका विभिन्न भाग परिक्रमा गरी नयाँबजारस्थित तमु धी कास्कीको भवनमा पुगेर सभामा परिणत भएको थियो । 

ट्होटें पर्व मनाउनाले रोग, ब्यथा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ । गाउँघर र राज्यमा भएका शत्रुहरु भगाउन परापूर्वकालदेखि यो पर्व मनाउँदै आइएको छ । प्रदेश प्रमुख बाबुराम कुँवर र मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ द्धारा प्रदेशवासीलाई शुभकामना सन्देश व्यक्त गरेका छन् । साथै आज पोखराका बिद्यालयहरुमा सार्वजनिक विदा समेत दिईएको छ ।

Comments