​पसिना गनाए हैरान हुनुहुन्छ ? त्यसो भए यस्तो गर्नुहोस् :
Posted on: Aug 11, 2019

रेडियो बाराही । 
पसिना आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । गर्मी महिनामा शरिरबाट धेरै नै पसिना आउने गर्दछ । धेरै पसिना आउनु भनेको स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ पनि । पसिना छालाको भित्री ग्रन्थीबाट बन्छ जसको काम भनेको शरिरको तापमानलाई नियन्त्रण गर्नु हो । 

पसिना गनाउने कारण 

वंशाणुगत कारण 
ब्याक्टेरिया इन्फेक्सन
लसुन प्याजको प्रयोग धेरै गरेर 
मसालेदार खानेकुरा धेरै खाएर
अल्कोहलको बढी प्रयोगले 
जंक फुड खानाले 
धुमपान गर्नाले लगायतका कारणले पसिना गनाउने गर्दछ ।

यस्तो समस्याका लागि छुटकरा पाउन यस्ता उपायहरु अपनाउन सकिन्छ : 

दिनहुँ निहाउनाले पसिना गनाउने समस्याबाट छुटकरा पाउन सकिन्छ । जसको लागि बजारमा पाइने एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गर्नाले फलदायी हुन सक्छ । पसिनाको गन्धबाट छुटकरा पाउन धेरै मात्रामा पानी पिउनुलाई पनि अर्को उपायको रुपमा लिन सकिन्छ । केही मानिसहरु धेरै परिना आउने डरले कम पानी पिउने गर्दछन्, जसका कारण पसिना गनाउने गर्दछ ।
पसिना धेरै आउने मानिसहरुले सकेसम्म नुनको प्रयोगमा कमी ल्याउन पर्दछ । 

यस्तै हरेक दिन फिट्कीरीको लेप लगाउँदा पनि समस्याबाट यो छुटकरा पाउने उपायको रुपमा लिन सकिन्छ । यस्तै ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ । यदि क्रिमले पनि काम गरेन भने एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट लिदाँ पनि समस्याबाट छुटकरा पाउन सकिन्छ ।      

 

Comments