​प्रबिधी मैत्री शिक्षक समाज गण्डकी को नि:शुल्क इमेल ईन्टरनेट तालिम सम्पन्न
Posted on: Aug 11, 2019


 श्रावण २६,पोखरा । प्रबिधि मैत्री शिक्षक समाज गण्डकी प्रदेशको आयोजना मा प्रदेशका  शिक्षक हरुलाई नि:शुल्क इमेल  ईन्टरनेट सम्बन्धी दुई दिने नि:शुल्क तालिम सम्पन्न गरेको छ। यहि श्रावण २४ र २५ गते गरि दुइ दिन सम्म  गण्डकी आबासिय माध्यामिक बिध्यालय लामाचौरमा चलेको कार्यक्रममा प्रशिक्षक मिलन श्रेष्ठ , खेमराज पौडेल , दुर्गाबाहादुर रावत, गजेन्द्र बस्नेत, सम्बिधान लामिछाने ले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम को औपचारिक उद्घाटन मा आफ्नो मन्तव्य राख्दै बिध्यालय का प्राचार्य बिरेन्द्र खड्का ले अब शिक्षक हरुले प्राबिधिक जानकारी अनिबार्य लिनु पर्ने र याता प्रकारका कार्यक्रमले शिक्षक हरुलाई प्रबिधि मैत्री बन्न सहयोग पुर्याउने कुरामा बिस्वास व्यक्त गर्दै समाजले अबका दिनहरुमा यस्ता कार्यक्रम गर्न आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो। कार्यक्रममा प्रबिधी मैत्री शिक्षक समाज केन्द्रिय आमन्त्रित  सदस्य स्थिर बाबू सुवेदीले केन्द्रका रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो। प्रबिधि मैत्री शिक्षक समाज गण्डकी  प्रदेश अध्यक्ष श्रीकान्त पौडेलले उपस्थित सबैलाई स्वागत गर्नु भएको कार्यक्रम को सम्योजन उपाध्यक्ष खड्क राज अधिकारीले गर्नु भएको थियो।

Comments