​बागलुङमा सवारी दुर्घटना
Posted on: Aug 10, 2019


श्रावण २५,पोखरा । बागलुङको ढोरपाटन नगरपालिका(२ टारीखेत स्थित मध्य पहाडी लोकमार्गमा सवारी दुर्घटना भएको छ । सलामकोट बाट बुर्तिबाङ तर्फ आउँदै गरेको ग ३ प २७६६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट घाईते ६७ बर्षिया तुलसरा नेपालीलार्ई  उपचारको मिसन अस्पताल पाल्पा पठाईएको  छ  भने  उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यलयले जानकारी दिएको छ र

Comments