​पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा अख्तियारको छानविन
Posted on: Aug 04, 2019

रमेश पौडेल 
साउन १९ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा आर्थिक अनियमिता भएको उजुरीका आधारमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कागाजात नियन्त्रणमा लिएर छानविन सुरु गरेको छ ।  

अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमिता भएको उजुुरी अख्तियारमा परेको थियो । सोहि विषयलाई  लिएर छानविन अगाडी बढाएको सुचना अधिकारी मेघनाथ रिजालले जानकरी दिए  ।

सो मेसिन खरिदका लागि नौ लाख ९६ हजार डलर भुक्तानी गरेको अस्पतालले जनाएको छ । यस बारेमा प्रतिष्ठानका निर्देशक डा अजुर्न आचार्यले मेसिन खरिद प्रकृया आफु आउनु अगाडी भएपनि भुक्तानीमा बिधि प्रकृयार पारर्दशिता अपनाईएको दावी गरे । 

उनले सो गुणस्तरको मेसिन खरिदमा अन्य अस्पतालले १६ हजार डलर सम्म भुक्तानी गरेकोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कम मुल्यमा किनेको दावी गरे ।  
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति डा. बुद्धिवहादुर थापाले खरिद प्रक्रिया कुनै अनियमितता नभएको दावी गदै सामान खरिदका लागि समितिको निर्णय अनुसारनै भएको बताए । 

उनले भने, ‘यस अगाडि सिटीस्कान मेसिन खरिदमा  अख्तियारमा उजुरी परेको थियो । सो मुद्धा पनि तामेलिमा गएको छ । अस्पताललाई सिटीस्कान मेसिन खरिदका लागि बाटो खुलेको छ अव मन्त्रालयमा समन्वय गरी मेसिन खरिद गर्ने छौ ।’ डा. थापले सरकारी  अस्पतालमा  स्वास्थ बिमा  गरेका बिरामी बढी आउने भएकाले सोही अनुसारको मुल्य सेवा दिएको समेत दावी गरे । तर अख्तियारमा  यस आर्थिक वर्षमा सामान खरिद गर्दा पनि अनियमितता भएको आशंकामा उजुरी परेको छ । 

त्यसै गरी अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा आर्थिक चलखेल भएको अर्काे उजुरी छ । यस वारेमा सुचना अधिकारी रिजालले सवै कागज पत्रहरु अध्ययन गरीरहेकाले थप जानकारी दिन नसकिने वताए । 

सामाजिक सेवा सञ्चालनका लागि अस्पतालले असार २३ गते सार्वजनिक सुचना समेत जारी गरेको थियो भने चार वटा गैह्र सरकारी संस्थाले निवेदन समेत दिएका थिए । 
अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका लागि असल छिमेकी सहयोगी संस्था गोनेसा, कोपिला नेपाल, कम्युनिटी सर्पोट ग्रुप र टिम लिडर लोकल अर्गानाइजेसन समेतले आवेदन दिएका थिए । 

अस्पतालमै कार्यरत कर्मचारीहरु रहेको गैह्रसरकारी संस्था असल छिमेकी सहयोगी संस्था गोनेसा लाई दिने निर्णय अस्पतालले गरेपछि उजुर अख्तियारसम्म पुगेको छ । 

Comments