कास्की जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता भदौमा
Posted on: Jul 28, 2019

शशी पौडेल । 
साउन १२ पोखरा । भदौको दोस्रो साता १८ औं कास्की जिल्ला स्तरीय इन्द्र बहादुर गुरुङ स्मृति अन्तर विद्यालय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा आगामी भदौ १० देखी प्रतियोगिता सुरु गरिने आयोजकले पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । 
संघले प्रतियोगिता सम्पन्न गर्न विभिन्न १२ वटा उपसमिति गठन गरि तयारीलाई तिव्र पारेको प्रतियोगिता संयोजक बबिन बाग्दासले जानकारी दिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले प्रतियोगितालाई निरन्तरता दिँदै आइरहेको उनले बताए । 

प्रतियोगितामा कास्की जिल्लाभरका सरकारी र संस्थागत विद्यालयमा अध्यनरत विद्यार्थीहरुले भाग लिन पाउने संघका अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिए । आधारभुत, माध्यमिक र उच्च माध्यमिक तहमा अध्यनरत छात्र–छात्राका विचमा खेल सञ्चालन गरिने उनले बताए । 

प्रतियोगितामा ब्वाइज सिंगल, गल्र्स सिंगल आधारभुत तहमा खेलाइने छ भने माध्यमिक तह तथा उच्च माध्यमिक तहमा ब्वाइज सिंगल, गल्र्स सिंगल, तथा ब्वाइज डब्बल र गल्र्स डब्बल गरि १० विधामा प्रतियोगिता सञ्चालन गरिने संयोजक बाग्दासले जानकारी दिए । 

प्रतियोगितामा उत्कृट खेलाडी छात्र–छात्रा दुबैलाई स्पोर्टस साइकल पुरस्कार प्रदान गरिने छ । यस्तै उदयिमान खेलाडीलाई ट्रर्फी र गिफ्ट ह्याम्पर प्रदान गरिने छ । भने अनुशासित खेलाडी, उत्कृष्ट पोशाक, उत्कृष्ट विद्यालय, उत्कृष्ट सहभागीतालाई ट्रफीद्वारा पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ । 

बीडब्लुएफका आधारमा खेलाइने प्रतियोगितमा सहभागिताका लागि नाम आगामी भदौ ६ गते सम्म दर्ता गराउन आयोजकले सबै विद्यालयहरुलाई आव्हान समेत गरेको छ । 

Comments