रामलाल–श्रीमाया फोटोग्राफी पुरस्कार मदन कुमार इङनामलाई
Posted on: Jul 19, 2019



साउन ३,पोखरा । पोखरा फोटोग्राफर संघ नेपालले दुई–दुई वर्षमा प्रदान गर्दै आएको रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार मदन कुमार इङनामलाई प्रदान गर्ने भएको छ । संघको वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच सो पुरस्कार पोखरामा रहेर लामो समयदेखी फोटोग्राफी पेशामा लागि परेका इङनामलाई विश्व फोटोग्राफी दिवश भदौ २ गते सो पुरस्कार प्रदान गरिने संघका अध्यक्ष रबिनाथ दाहालले जानकारी दिए ।  
पूर्वअध्यक्ष रामजी थापाको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २०३१ सालबाट फोटोग्राफी पेशामा लागेका मदनकुमार इङ्नामलाई पुरस्कारका लागि चयन गरेको संघका सचिव कपिल सापकोटाले जानकारी दिए । संघका संरक्षक गणेश छवि तथा उनकी धर्मपत्नी तिर्थ श्रेष्ठद्वारा स्थापित सो पुरस्कारको राशि २५ हजार ५ सय रुपैयाँ रहेको छ ।
सम्मानित हुन लागेका मदनकुमार यस अघि २०४० सालमा राजा बिरेन्द्रको जन्मोत्सवका अवसरमा नेपाल युवक संगठनले आयोजना गरेको दृष्य फोटो प्रर्दशनमा तृतिय पुरस्कारबाट सम्मानित भएका छन साथै उनी पोखारा फोटोग्राफर संघको रजत महोत्सव समारोहमा सम्मानित भइसकेका छन ।
संघले यसअघि आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकर बास्तोलाले संघका संरक्षक गणेश छबिलाई ब्लड व्याग गरि गरेका थिए । 

Comments