मिस कल्चरलाई नेपाल आइसको साथ
Posted on: Jul 18, 2019

 
पोखरा २, साउन ।  संस्कृती संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मिस कल्चर नेपालको छैठौं संस्करणलाई सिजि ब्रुअरी नेपाल प्रा.लि. अन्तर्गतको नेपाल आइस बियरले मुख्य प्रायोजन गर्ने भएको छ ।   ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गर्ने उक्त कार्यक्रमलाई सिजि ब्रुअरी नेपाल प्रालिले मुख्य प्रायोजन गर्ने गरी बिहीबार सम्झौता भएको हो । 
सम्झौतापत्रमा सिजि ब्रुअरी नेपाल प्रालिको तर्फबाट कम्पनीका मार्केटिङ्ग म्यानेजर मनिस सिंह र पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर गर्दै सिंहले नारीहरू भित्र लुकेर रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको साथै संस्कृति संरक्षण गर्ने अभियानमा आफुहरू पनि सहकार्य गर्न चाहेको र आगामी दिनहरूमा पनि महिलाहरूको क्षेत्रमा गरिने हरेक कार्यमा साथमै रहेर अगाडि बढ्न सकिने बताए । 
त्यस्तै, आफुहरूले सदैव चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा थप उत्साहित बनेको र कम्पनीले पुष्पाञ्जली प्रति गरेको विश्वासलाई निरन्तर कायम राख्न संस्था सदै लागि रहने संस्थाकी अध्यक्ष शोभा गौतमले बताईन् । प्रायोजक र आयोजकको सम्बन्ध  नङ र मासु जस्तै हुनुपर्ने बताउँदै सिजि ब्रअुरीका रिजनल सेल्स म्यानेजर सुबोध रिसालले निरन्तर रूपमा पुष्पाञ्जलीसँगको सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । प्रतियोगिताको अडिसन लिने कार्य केही दिनमा प्रारम्भ हुने आयोजकले जनाएको छ । 
 
 

 

 
 
 

Comments