​बाढी–पहिरोमा अहिलेसम्म ६५ जनाको मृत्यु, ४८ जनाको सनाखत
Posted on: Jul 15, 2019

असार ३०, पोखरा। गएको पाँच दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म ६५ जनाको ज्यान गएको भएको छ । ज्यान जानेमा २४ महिला र ४१ जना पुरुष रहेका छन् ।  विपद्मा परेर ३८ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अहिलेसम्म झण्डै एक हजार ५ सय जनाको सकुशल उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन् ।
आज विहान ७ बजे नेपाल प्रहरीले दिएको जानकारी अनुसार तयारी पारीएको चित्र

Comments