​स्वदेशी उत्पादनलाई व्राण्डेड गर्न पोखरामा एकदिने कार्यशाला
Posted on: Jul 12, 2019


असार २७,पोखरा ।  इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसियसन पोखराको आयोजनामा शुक्रबार पोखरामा एकदिने ब्यबसाय ब्राण्डिङ सम्बन्धि कार्यशाला सेमिनार सम्पन्न भएको छ ।
सेमिनारको नेपाल भ्रमण बर्ष २०२० का गण्डकी प्रदेश संयोजक अग्नि प्रसाद कँडेल उद्घाटन गर्दै नेपालको पर्यटन उद्योगको विश्वभर प्रचारप्रसार गर्न नेपाली गार्मेण्ट उद्योगको महत्वपुर्ण भूमिका रहेको वताउँनु भयो ।
४० जना इम्व्रोइडरी तथा ग्रामेन्ट व्यवसायी सहभागी भएको उक्त सेमिनारमा पर्यटन वोर्डका वरिष्ठ अधिकृत सुर्य थपलीयाले स्वदेशी उत्पादनको कसरी व्राण्डीङ गर्न सकिन्छ भन्ने वारेमा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणि लामिछाने, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल, पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, कार्यक्रम संयोजक बिश्वराज पोखरेल लगाएतले इम्व्रोइडरी तथा ग्रामेन्ट उद्योगले पोखराको व्यापार व्यवसाय संगै देशविदेशमा नेपालको प्रचारप्रसार भएको वताउनु भएको थियो । 
एगाका कोषाध्यक्ष तथा नाइस नेपाल उद्योग प्रालिका संचालक सदस्य गोकर्ण लम्सालले स्वदेशमा उत्पादन भएका ब्राण्डेड टिसर्ट तथा गार्मेण्ट उत्पादन तथा प्रबद्र्धनमा गर्नु नै कार्यक्रमको उद्धेश्य रहेको वताउनु भयो ।
एगा पोखराका अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव इन्द्रप्रसाद भण्डारीले गरेको संचालक सदस्य गोकर्ण लम्सालले रेडियो बाराहीलाई जानकारी दिए ।

Comments