देशैभर बाढी र पहिरोको वितण्डा १७ जनाको ज्यान गयो, ७ बेपत्ता
Posted on: Jul 12, 2019

२७ असार, पोखरा । 
बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि १७ जनाको ज्यान गएको छ ।  बाढी पहिरोमा परि ७ जना बेपत्ता भएका छन् । त्यस्तै बाढी पहिरोमा परि ७ जना भन्दा बढी घाइते भएका छन् ।

Comments