पास्नीको भोज खाँदा धादिङमा २५ जना बिरामी
Posted on: Jun 29, 2019

असार १४ धादिङ । धादिङको गजुरीमा पास्नीको भोज खाएका २५ जना बिरामी परेका छन । गजुरी गाउँपालिकाको वडा नं ५ चिसापानीका स्थानिय राजाराम मिजारको छोरीको पास्नीमा भोज खाएका उनीहरु बिरामी परेका हुन । 
बिरामीको गजुरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । फुड पोईजन भई बिरामी परेका उनीहरुकोे अवस्था सामान्य रहेको जनाइएको छ । 

Comments