​नेपाल औषधी ब्यवसायि संघको अधिवेशनको तयारी पुरा
Posted on: Apr 18, 2019

पोखरा ५ बैशाख । नेपाल औषधी ब्यवसायि संघको १३ औ राष्ट्रीय अधिवेशन भोली देखि पोखरा शुरु हुने भएको छ ।

पोखरामा आज पत्रकार सम्मेलन गरी अधिवेसनको तयारी पुरा भएको आयोजकले जनाएको छ । अधिवेसनको उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ जानीकारी दिए ।

अधिवेशनमा देशभरबाट २ सय ७० जनाको सहभागीता रहने छ  ।अधिवेशनले अध्यक्ष सहित २१ सदस्यीय केन्द्रीय कार्यसमिती चयन गरि पोखरा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न हुने छ । 

हाल नेपालमा ५५ प्रतिशत औषधी विदेशवाट आयात हुने गरेको छ । देशभर २१ हजार औषधी ब्यवसायी रहेका छन ।४५ अर्वको औषधी बिक्री हुने गरेको संघ पोखराका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  

Comments